दफा ६ग
सार्वजनिक सेवा वा सडकमा अबरोध गर्न वा कुनै घर वा सवारी साधन तोडफोड गर्न नहुने
:
(१) कसैले पनि देहायको काम गर्न गराउन हुँदैनः–
(क) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक सडकमा चक्काजाम गरी वा अन्य कुनै प्रकारले त्यस्तो सडक सुचारू रूपमा सञ्चालन गर्न बाधा व्यवधान खडा गर्न,
(ख) सरकारी, सार्वजनिक वा व्यक्तिगत सवारी साधन, घर वा सम्पत्ति तोडफोड, आगजनी वा लुटपाट गरी क्षति पु¥याउन वा त्यस्तो सवारी साधन वा घर जग्गामा जवर्जस्ती प्रवेश गर्न वा त्यस्तो सवारी साधन, घर वा सम्पत्ति कब्जामा लिन, र
(ग) सरकारी तथा सार्वजनिक निकाय र शिक्षण संस्थामा तालाबन्दी जस्ता कुनै कार्य गरी अबरोध पुयाउन ।
(२) कसैले उपदफा (१) बमोजिमको कुनै काम गरेमा प्रमुख जिल्ला अधिकारीले त्यस्तो व्यक्तिलाई कसूरको प्रकृति हेरी दश हजार रूपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय गर्न र निजले गरेको हानी नोक्सानीको बिगो निजबाट असुल गरी निजलाई बिगो बमोजिम जरिवाना समेत गर्न सक्नेछ ।
(३) प्रमुख जिल्ला अधिकारीले यस दफा बमोजिम कारबाही गर्दा संक्षिप्त कार्यबिधि ऐन, २०२८ बमोजिमको कार्यविधि अपनाउनेछ ।
(४) उपदफा (२) बमोजिम प्रमुख जिल्ला अधिकारीले गरेको सजाय उपर चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।